|

कञ्चनपुर :  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–८ की कलावती खुनाको हत्या आशंकामा पक्राउ परेको मान सिह खुनालाई आइतबार सार्वजनिक गरेको छ।

प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी मानसिंहलाई सार्वजनिक गरिएको हो। शुक्लाफाँटा नगरपालिका–८ की ३५ वर्षीया खुनाको असोज २८ गते सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो। 

अघिल्लो दिन कलावती र उनका देवर मानसिंह सँगै माछा मार्न खोलामा गएका थिए। गाडिएको अवस्थामा खुनाको शव भेटिएपछि उनीसँगै गएका मानसिंहलाई पक्राउ गरिएको थियो।
 
प्रहरीले सार्वजनिक गरेको २४ वर्षीय मानसिंह मृतक कलावतीका पतिका सहोदर भाइ हुन्। ​सुनवरा नदीमा माछा मार्न जाँदा मानसिंहले भाउजूको घाँटी च्यापेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार हत्यापछि मानसिंहले भाउजूलाई बालुवामा गाडेका थिए। ‘कालीदेबी खुनाको घाँटी च्यापी १५÷२० मिनेटसम्म खोलाको पानीमा च्यापी हत्या गरी सोही खोला किनारको झाडीमा लुकाएको पाइयो, र बिहान फेरि गएर लासलाई नदी किनार बालुवामा लुकाई आएको खुलेको छ,’ उनले भने।

भाउजुले आमा र आफूलाई गालीगलौज गर्ने र दाइलाई कुरा लगाएर कुटाउने गरेकाले हत्या गरेको प्रहरीसमक्ष मानसिंहले बयान दिएका छन्। हाल प्रहरी हिरासतमा रहेका मानसिंहले मृतक कलावतिको सुरुवाल नदी किनारबाट केही टाढा देखाएपछि बरामद प्रहरीले शव बराबद गरेको थियो। 

मानसिंहका एक सन्तान छन्। श्रीमती गर्भवती छिन। उनका दाइ प्रकाशले भाइविरुद्ध हत्या अभियोगमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान बढाएको छ। प्रहरीले जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि १० दिनको म्याद कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.