सरकारको निर्देशिका अक्षरस पालना गर्ने प्रतिवद्धता

|

एजेन्सी : कोरोना भाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूको तीव्र विरोध भएपछि भोलिपल्ट नै स्वदेश फर्किएका छन्। 

नेदरल्याण्डमा कोभिड-१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर जानुभएको थियो तर विरोधपछि उहाँहरू शनिवार साँझ नै स्वदेश फर्किएका हुन्। 

विदामा ग्रीस जान हिँडे पनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको राजा रानीले बताएका छन्। तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको बताउँदै राजा विलेम र रानी म्याक्सिले घर फर्किएको उल्लेख गरेका छन्। 

प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उनीसमेत दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

'कोभिड-१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन', विज्ञप्तिमा भनिएको छ, 'हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पुर्‍याउँदैन'

विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बनेका हुन्। नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका हुँदैन। तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेमा जिम्मेवार रहन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.