|

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ। 

पछिल्लो २४ घन्टामा ३ लाख २४ हजार ४ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४ करोड २ लाख ६३ हजार पुगेको हो।  हिजो भारतमा सबैभन्दा धेरै ५५ हजार संक्रमित थपिएका छन्। त्यस्तै अमेरिकामा ४४ हजार ९ सय, फ्रान्समा २९ हजार, ब्राजिलमा १० हजार ९ सय  र रुसमा १५ हजार मानिसमा कोरोना पुष्टि भएको छ। यस्तै विश्वभर हालसम्म ३ करोड भन्दा बढी मानिस संक्रमणमुक्त हुँदा  ११ लाख १८ हजार मानिसले ज्यान गुमाएका छन्। 

पछिल्लो २४ घन्टामा झन्डै चार हजार मानिसको मृत्यु भएको छ। भारतमा ५५६, अमेरिकामा ४४८ , मेक्सिकोमा ३५५, ब्राजिलमा २१५, रुसमा १८५ र अर्जेन्टिनामा १६० जनाको मृत्यु भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.