|

दार्चुला : भारतीय सीमा सुरक्षा बल (एसएसबी) र आइटिबिपी (इन्डिया टिबेट बोर्डर पुलिस) का महानिर्देशकहरूले कालापानी क्षेत्रको भ्रमण गरेका छन्।

एसएसबीका महानिर्देशक ज्योतिर्मय चक्रवर्ती र आइटिबिपीका महानिर्देशक एसएस देशवालले भारतीय क्षेत्र बुँदी, छियालेक, गर्ब्याङ र नेपाली अतिक्रमित भूमि गुन्जी र कालापानीको क्षेत्र भ्रमण गरेका हुन्।

उनीहरूले सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निर्माण गरेका ब्यारेक तथा भौतिक पूर्वाधार संरचनाको निरीक्षण गरेका हुन्। हेलिकप्टरमार्फत उनीहरूले चीन र नेपालसँग जोडिएको क्षेत्र समेत अवलोकन गरेका भारतीय अखबार अमर उजालाले समाचार छापेको छ।

कार्तिक १ गते हेलिकप्टरमार्फत मुन्स्यारी पुगेका आइटिबिपी महानिर्देशक कार्तिक ३ गते देशबाल ४८ किलोमिटर हिँडेर चीनसँग जोडिएको अन्तिम पोस्टसम्म पुगेका सुरक्षा स्रोतले जानकारी दिएको छ।

उनीहरूले सबै क्याम्पमा रहेका आफ्ना सैनिकसँग भेटेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.