|
फाइल फोटो

काठमाडौं : यातायात व्यवस्था विभागले छोटो,मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा चालक र सहचालकले मास्कसँगै भाइजर (फेस सिल) को अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको छ।

विभागले एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण रोकथामका लागि सबै सार्वजनिक सवारीसाधनमा फेस सिलको प्रयोग गर्नुपर्ने जनाएको हो। 

‘छोटो,मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक यातायात सेवा सञ्चालन र प्रयोग गर्दा चालक,सहचालक,यात्रुहरुले अनिवार्य भाइजर प्रयोग गर्नुपर्ने छ,’ सूचनामा भनिएको छ। 

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सबैले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै, विभागले सार्वजनिक सवारी साधनमा साविक भाडादर कायम गरिएको पनि जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.