|

एजेन्सी : भारतीय सेनाले लद्दाखको चुमरडेमचोक क्षेत्रमा एक चिनियाँ सैनिकलाई पक्राउ गरेको बताएको छ। गल्तीले आफू भारतीय सीमा प्रवेश गरेको पक्राउ परेका चिनियाँ सैनिकले बताएका भारतीय सबैखाले मिडियाले लेखेका छन्।  

भारतीय सैनिकका अनुसार चिनियाँ सेना संगठन पिपुल्स लिबरेसन आर्मीले पक्राउ परेका सैनिकबारे जानकारी मागेको छ। प्रोटोकलअनुसार समातिएका ती चिनियाँ सैनिकलाई दुई देशको सैनिक प्रोटोकल अनुसार चुसुलमा रहेको चिनियाँ सेनाको जिम्मा लगाइने छ।

भारतीय सेनाले लद्दाखको पेकङ तालको दक्षिणमा रहेको १३ ठाउँमा कब्जा गरेको दाबी गरेको छ। जहाँको तापक्रम माइनस २५ डिग्रीसम्म रहेको बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.