|

दाङ :  अमेरिकी डलर देखाएर ठगी गर्न खोजेको आरोपमा धादिङका एक दम्पतीसहित ३ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ गल्छी निवासी ३१ वर्षीया शर्मीला कोइराला, उनका श्रीमान ५६ वर्षीय राम बहादुर तामाङ, बाँके राप्ती सोनारी गाउँपालिका-३ निवासी २८ वर्षीया मंगल प्रसाद थारु रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आइतबार करिब साढे ७ बजेतिर लमही नगरपालिका-९ अमिलियामा रहेको बस्नेत होटेलबाट अवैध रुपमा विदेशी पैसाको कारोबार हुन लागेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

कोइरालाले बोकेको ब्यागमा २० डलरको ८ थानलाई एकातिर ५ र अर्कोतिर ३ बनाएर बीचमा सेतो कागजलाई नोट आकारमा राखेर एक बण्डल बनाएको अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आरोपीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको प्रवक्ता खड्काले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.