|

काठमाडौं : साविक उपविजेता चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससंग ७ विकेटले भएकोे छ। राजस्थानसँग पराजित भएसँगै चेन्नईको प्लेअफबाट बाहिरिने सम्भावन बढेको छ। 

जारी सिजनमा चेन्नईले १० खेलमध्ये ७ खेल हारेको छ। चेन्नईले दिएको १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। राजस्थानका जस बटलर ७० रनमा अविजित रहे। चेन्नईका दीपक चहरले २ विकेट लिए। 

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजाले सर्वाधिक ३५ रनमा अविजित रहे।​राजस्थानका लागि श्रेयस गोपाल , राहुल टेवाटिया , कार्तिक त्यागी र  जोफ्रा आर्चरले  १-१ विकेट लिए।

यो जितसँगै राजस्थानले चौथो जित निकाल्दै झिनो आशा कायमै गरेको छ। राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ। चेन्नईको यो सातौं हार हो। योसँगै चेन्नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने डर बढ्दै गएको छ । चेन्नई अव प्ले अफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएरमात्र हुँदैन अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्नेहुन्छ। दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ। 

प्रतियोगिता अन्र्तगत मंगलबार किंग्स इलेभन पन्जाब र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्ने भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.