उदयपुर : उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहित चार जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ।
कटारीका मेयर, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सहित थप एक जनामा गरि गरी जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले जानकारी दिए।
१ गते कटारीमा १३ जनालाई कोरोना लागेपछि उनीहरुको स्वाब २ गते संकलन गरेर वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र आज कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
स्वास्थ्य प्रमुख सुवेदीका अनुसार, उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि उदयपुरमा जिल्ला समन्वय प्रमुख र बेलका नगरपालिकाका मेयरलाई समेत कोरोना लागिसकेको छ। योसहित जिल्लामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।