|

काठमाडौं : केही दिनअघि कोलकाताका कप्तान दिनेश कार्तिकले क्लबको कप्तानी छाडेपछि धेरैले मध्यसिजनमा कप्तान परिवर्तन जायज या नाजयज भन्‍ने बहस जारी राखेका छन्।

कतिपयले कप्तानमाथि म्यानेजम्यान्टले नाजयज हस्तक्षेप गर्दा टीममा दबाब पर्ने र कप्तानले दबाब थेग्न नसक्दा राजीनामा दिनु पर्ने अवस्था आउने, त्यसले टीमलाई थप अस्थीर बनाउने राय राख्ने गरेका छन्। कतिपयले आवश्यक्ता अनुसार टिमले जुनसुकै समयमा कप्तान परिवर्तन गर्न सक्ने राय राख्दै आएका छन्।

कार्तिकले कप्तानी छाडेपछि इंग्लीस खेलाडी इएन मोर्गनले कोलकताको कप्तानको जिम्मेवारी समालेका छन्। जहाँ मोर्गनको पहिलो कप्तानी निकै निरासशाजनक रह्यो।

मुम्बईले कोलकातालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। तर, मोर्गनले दोस्रो खेलमा टिमलाई ट्रयाकमा ल्याउने प्रयास गरे। दोस्रो खेलमा हैदरावाद विरुद्ध संघर्षपूर्ण जितसँगै कोलकाता आफूलाई शीर्ष चारमा बलियो दाबेदारका रुपमा कायम राखेको छ। सुपर ओभरमा जित निकालेको कोलकाताका लागि मोर्गनले गरेको प्रयोग सफल भएको मान्नेहरूपनि धेरै छन्। उनले लक्की फर्गुसनलाइ दिएको मौका साँच्चिकै सुझबुझपूर्ण मानियो। तर एक हार या एक जितले नै मोर्गनको कप्तानीको परीक्षा हुने छैन।

कार्तिकले कप्तानी छाड्ने खबर मुम्बई विरुद्धको खेलको दिनमा नै आएको हो। जहाँ मोर्गनले तयारी गर्न कम समय पाए। तर दोस्रो खेलमा केहि नयाँ प्रयोग गर्ने अवसर पनि मोर्गनले पाए। समग्र क्रिकेट करिअरलाई आधार मान्दा मोर्गनको कप्तानी राम्रो मानिन्छ।

तर, अब उनको सामुने चुनौती छ। र यो पनि भनिन्दै छ कि आखिर कप्तानका रुपमा कार्तिकलाई किन हटाइयो? के यो उनको निर्णय थियो? म्यानेजम्यान्टको दबाब धेरैले थरी-थरीका अनुमानहरू लगाइरहेका छन्। कतिपयले कार्तिक आफ्नो ब्याटिङलाई लिएर चिन्तित थिए। आफ्नो खराब फर्म नसुध्रिँदा स्वाभाविक रुपमा दबाब परेको र उनले छोडेको भन्नेहरू पनि छन्। 

प्रतियोगिताकै दौरान कप्तान परिवर्तन गरिएको यो पहिलो पटक भने होइन। २०१९ मा राजस्थानले अजिंक्य रहाणेको स्थानमा स्टीव स्मिथलाई कप्तानको जिम्मेवारी दिएको थियो। २०१३ मा रिकी पोन्टिङको स्थानमा रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको थियो।

त्यसो त कप्तान परिवर्तन गर्दैमा रिजल्ट राम्रो आउँछ भन्ने हुँदैन। स्मिथको कप्तानीमा राजस्थान संघर्षरत नै छ। तर रोहितको कप्तानीमा मुम्बईले ४ उपाधि जित्यो।

टीमले कप्तान परिवर्तन गर्दै गर्दा जित/हार मात्र प्रमुख कारण हुन्न। कुनै समयमा गावसकर र द्रविडलाइ जित निकाल्दा निकाल्दै पनि कप्तानबाट हटाइएको थियो।

१९८५ मा अस्ट्रेलियामा भएको विश्व च्याम्पियनसिपमा जित निकालेपछि गावस्करलाइ कप्तानबाट हटाइएको थियो। २००७ मा इङ्ग्ल्यान्डमा टेस्ट सिरिजमा १(० को जित निकालेपछि द्रविडलाई कप्तानबाट हटाइएको थियो। जहाँ भारतले २६ वर्षपछि जित निकालेको थियो।

कप्तान छोड्नु कुनैपनि खेलाडीका लागि सहज अबस्था पक्कै हैन। किनकी यो एक महत्वपुर्ण जिम्मेवारीको अन्त्य पनि हो। त्यसैले महत्वपुर्ण कारण भएमात्र एक खेलाडीले कप्तानको जिम्मेवारी छोड्छ।

समग्रमा मीड सिजनमा कप्तान परिवर्तन जोखिमपूर्ण निर्णय हो । त्यसैले कोलकाताका लागि पनि यो यात्रा त्यति सहज हुने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.