|

काठमाडौं : चितवन, धरान र दाङमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

चितवनको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो। पुरानो मेडिकल कलेजमा खैरहनी नगरपालिका-१० का ६७ वर्षीय वृद्ध र चितवन मेडिकल कलेजमा गैँडाकोट नगरपालिका-७ का ५० वर्षीय पुरूषको मृत्यु भएको हो। 

दाङको लमही नगरपालिका-५ का ४३ वर्षीय पुरूषको घरमै आइसोलेसनमा रहँदा मृत्यु भएको हो। एक सातादेखि होम आइसोलेसनमा रहेको ती व्यक्तिको कलेजोमा समस्या थियो।

यस्तै, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इटहरीका ५६ वर्षीय पुरूषको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.