|

अर्घाखाँची : प्युठानको तिराम–मुर्कुटी सडकअन्तर्गत गोलबाङमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीनजना घाइते भएका छन्।

दुर्घटनामा दाङका ४० वर्षीय बस चालक तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी पोषणराज ढकालले जानकारी दिए।

माण्डवी गाउँपालिका–२ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस व्यवसायी समितिको ना ४ ख ५५६१ नम्बरको बस मंगलबार बिहान पौने १० बजे दुर्घटना भएको हो। बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी प्युठानको माण्डवी–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीय लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिकाका ३० वर्षीय वसन्ता विक घाइते भएका छन्।उनीहरुको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारका लागि दाङको घोराई अस्पतालमा  पठाइएको प्युठान प्रहरीले छ। बसमा छजना सवार बोकेको बस घुम्टी सडकमा मोडिन नसकेपछि ब्याग गर्दा सडकबाट तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.