|

एजेन्सी :  युइएफए च्याम्पियन्स लिगअन्तर्गत आज राति र भोलि बिहानबाट नयाँ सिजनका खेलहरु सुरु हुँदै छन्। आज राति र भोलि बिहानगरी ८ वटा खेल हुँदैछन्।

जसअनुसार आज आज राति नेपाली समयअनुसार साढे १० बजे इटालीकको क्लब युभेन्टसले डाइनामो किभसँग खेल्दै छ भने क्लब बर्ग जेन्टसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी जर्मन क्लब डर्टमन्डले लाजियोसँग आजै राति पौने १ बजे खेल्दैछ भने। चेल्सीले स्पेनिस क्लब सेभिल्लासँग यही समयमा खेल्दैछ।

राति पौने १ बजे नै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनविरुद्ध खेल्दैछ भने बार्सिलोनाले हंगेरीको फुटलब क्लब फ्रेन्कभर्सीसँग खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.