|

काठमाडौं : धरानमा थप एक कोभिड संक्रमितको महिलाको मृत्यु भएको छ। सुनसरीको गढी गाउँपालिका ४ की ५५ वर्षीय महिलाको ४ गते राती ९ बजे मृत्यु भएको हो।

मृतकलाई ४ गते कोरोना पुष्टि भएको र सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक प्रतिष्ठानमा उपचाररत थिए। दीर्घ रोग उच्च रक्तचाप थियो।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ६८ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.