|

गुल्मी : गुल्मीका  शक्तिपीठ  तथा मठ मन्दिरहरुमा नित्यकर्मबाहेक अन्यका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्लाका शक्तिपीठ  तथा मन्दिरहरुमा नित्य पूजा आजाहरुबाहेक  दर्शनका लागि मन्दिरमा जान निषेधाज्ञा लगाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

कोरोना माहामारीको अबस्था र जिल्लामा संक्रमणको फैलिदो जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको प्रशासनले जनाएको  छ।  यदि कसैले  निषेधाज्ञाको अबज्ञ गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने शर्माले दाबी गरे।

यस्तै, जिल्ला प्रशासन कार्यालय गुल्मीले दशै तिहार लगायतका चाडपर्वहरु घरमै बसेर मनाउन  र पूजापाठ लगायत बलि दिने कार्य पनि घरमै गर्न आग्रह गरेको छ।

यदि अत्यावश्यक कामका लागि घरबाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नसमेत आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.