|

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्‌घाटन भएको छ।

०७२ को भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले बुधबार ताम्रपत्र अनावरण गरी उद्घाटन गरेकी हुन्। त्यसक्रममा राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएकी थिइन्। उद्घाटनका क्रममा प्रधानमन्त्री, मन्त्री गण लगागत विशिष्ट व्यक्तित्‍वहरूको उपस्थिति थियो।

भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो।

शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म  पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन। २०७५ माघ १४ मा रानीपोखरी  पुनःनिर्माणको जिम्मा प्राधिकरणलाई दिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.