|

काठमाडौं :  गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको दसैँ भत्ता कोरोना कोषमा जम्मा हुने भएको छ। 

आज बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीको दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गण्डकी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

दसैँ भत्तामा १ महिनाको तलब बराबर मुख्यमन्त्री, मन्त्री तथा सांसदले पाउने रकम कोरोना कोषमा जम्मा हुने भएको हो। गण्डकी प्रदेशमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार र मन्त्रीहरुको ६० हजार रुपैयाँ छ। गण्डकीका कांग्रेस र जनमोर्चाका सांसदले भने दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.