|

बर्दिया : ठूलो परिमाणको लागुऔषध चरेससहित सशस्त्र प्रहरी बर्दियाले १ महिलालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागु पदार्थ सहित बुधबार एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेकी छन् भने १ महिलासहित २ पुरुष फरार रहेका कार्यालय सुरजपुरका प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए। 

स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा बाठा मगरको साथबाट ५.५ केजी अफिम फेला परेको हो। त्यसपछि थप खान तलासी र सोधपुछ गर्ने क्रममा थप २ ओटा झोलामा थप ५ केजी चरेर र १३ केजी अफिम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। 

बरामद गरिएको लागुऔषधको बजार मूल्य १ करोड ४९ लाख बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ। फरार भएकाको खोजी भइरहेको समेत सशस्त्र प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.