|

काठमाडौं : युएईमा जारी १३ औँ सिजनको आइपिएलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८५ रनको झिनो लक्ष्य दिएको छ। 

टस जितेर ब्याटिङ रोजेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल ८४ रन बनायो।

उसका लागि कप्तान इयोन मोर्गनले ३०, लकी फर्गुसनले १९, कुलदीप यादवले १२, टम ब्यान्टनले १० रन बनाउँदा पाँच ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। 

बलिङमा बेंग्लोरका मोहम्मद सिराजले ३, युजवेन्द्र चहलले २, नवदीप सैनी र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए। 

कोलकताले आज प्लेइङ ११ मा दुई खेलाडी परिवर्तन गरेको छ। उसले आन्द्रे रसेल र शिवम मावीलाई विश्राम दिँदै टम ब्यान्टन र प्रशिद्ध कृष्णालाई मौका दिएको छ।

बेंग्लोरले सहबाज अहमदको स्थानमा मोहम्मद सिराजलाई मौका दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.