|

काठमाडौं : आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको छ। 

राजस्थानले दिएको १५५ रनको सामन्य लक्ष्य पछ्याएको हैदरावादले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै भेट्टाएको हो।​ हैदरावादको जितका लागि मनिस पाण्डेय र विजय शंकरले अर्धशतकीय पारी खेले। पाण्डेय र शंकरले १४० रनको साझेदारी गरे। पाण्डेयले ४७ बलमा चार चौका र ८ छक्का प्रहार गर्दै ८३ रनको अर्धशतकीय पारी खेलेका हुन्।

त्यस्तै शंकरले ५२ रनको अर्धशतकीय पारी खेले। उनले ५१ बलमा ६ चौकाको मद्दतमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले।  हैदरावादका दुबै विकेट जोफ्रा आर्चरले लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो। राजस्थानका लागि सन्जु सामसनले सर्वाधिक ३६ रन जोडे। त्यस्तै ओपनर ब्याट्सम्यान बेन स्टोक्सले ३२ बलमा दुई चौकाको मद्दतमा ३० रनको योगदान दिए।​ बलिङतर्फ हैदराबदका जेसन होल्डरले तीन विकेट लिए। त्यस्तै विजय शंकर र रसिद खानले एक एक विकेट लिए। 

जितसँगै हैदराबादले १० खेल खेल्दै चारमा जित निकालेको छ। ६ खेल गुमाएको हैदाबाद ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ। राजस्थानको भने ११ खेलबाट चार खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको सातौं स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.