|

काठमाडौं : अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि आज अन्तिम चुनावी बहस हुने भएको छ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प र रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनबीच आज अन्तिम चुनावी बहस हुन लागेको हो। यो बहसलाई अमेरिकामा निकै महत्वपूर्ण बहसका रुप लिने गरिन्छ।

जो बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालका उपराष्ट्रपति हुन्। उनी अमेरिकाको राजनीतिमा सन् १९७० देखि सक्रिय छन्। राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा त्यहाँ को उम्मेदवार कति लोकप्रिय छन् भन्ने विषयमा पनि विभिन्न सर्वेक्षणहरु सुरु भएका छन्।

विभिन्न माध्यमबाट गरिएका चुनावी सर्वेक्षणमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन रिपब्लिक उम्मेदवार ट्रम्पभन्दा अगाडि देखिएका छन्। सर्वेक्षणमा बाइडेनलाई ५० प्रतिशतभन्दा बढी मतदाताको समर्थन देखिएको छ भने ट्रम्पलाई झण्डै ४३ प्रतिशत मतदाताको समर्थन देखिएको छ।

चुनावअघि गरिने यस्ता सर्वेक्षण विश्वसनीय मानिने भए पनि सन् २०१६ का सर्वेक्षणहरु भने असफल भएका छन्। ती सर्वेक्षणमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिनटनले ट्रम्पले भन्दा ३० लाख बढी भोट प्राप्त गर्ने देखाए पनि उनी चुनावमा पराजित भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.