'संसदले पास गरेको नयाँ नक्सा प्रधानमन्त्रीबाटै असुरक्षित'

|
फाइल फोटो

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नयाँ नक्सा असुरक्षित भएको ठहर गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीबाटै संसदबाट पारित भएको नक्सा असुरक्षित भएको बताएका छन्।  

प्रधानमन्त्री ओलीले बडादशैँको अवसरमा शुभकामना दिँदा कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतको भूमि समेटेर तयार पारेको नयाँ नक्सा प्रयोगमा ल्याएका छैनन्। संसदबाट नयाँ नक्सा राष्ट्रिय एकतासहित पास भएको नक्सा प्रधानमन्त्रीले प्रयोगमा नल्याएपछि कांग्रेसले मात्रै नभई सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ। 

'लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं', प्रवक्ता शर्माले भनेका छन्, 'सम्माननीय देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन?'

कालापानी, लिम्पियाधुरा र लिपुलेकरहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि भएको उनले भनेका छन्। त्यसो त प्रधानमन्त्री ओलीकै निर्देशनमा नयाँ नक्सा समावेश भएको पाठ्यपुस्तक निर्माण भइसकेपछि रोक लगाएका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.