माधव नेपाल भन्छन् : आपराधिक समूहले आक्रमण गरे

|

काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथग्रहण कार्यक्रममा आक्रमण भएको छ। बिहीबार पर्साको विन्दवासिनीमा गाउँ पार्टी कमिटीको शपथग्रहण कार्यक्रम चलिरहेको बेलामा आक्रमण भएको हो।  

झडपमा घाइते भएपछि वीरगञ्जस्थित न्यूरो अस्पतालको आइसियुमा उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको हो । झडपमा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

चौरसियाको उपचारका क्रममा ज्यान गएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिएका छन्। टाउकोमा गहिरो चोटका कारण  अत्यधिक रगत बगेर उनको ज्यान गएको हो।

नेकपाले बिहीबार गाउँपालिकाको वडा नम्बर ५ पर्सौनीभाठामा  गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका कयौं घाइते भएका थिए।

प्रहरीले झडपका क्रममा केही व्यक्तिलाई पक्राउ गरेको छ। चौरासिया तत्कालीन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार समेत थिए ।

यता नेकपाका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आपराधिक समूहले योजनाबद्ध आक्रमण गर्दा गम्भीर घाइते भएको पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरासियाको शुक्रबार निधन भएको जानकारी गराएका छन्। 

योजनाबद्ध रूपमा आपराधिक समूहले आक्रमण गरेको उनले बताएका छन्। घटनामा संलग्नको पहिचान गरेर कडा भन्दा कडा कारवाही माग गरेका छन्।

‘पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने र गराउने व्यक्ति एवम् समूह जुनसुकै आवरणमा बसेको भए पनि त्यस्ता आपराधिक व्यक्ति एवम् समूहको पहिचान गरी कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकार तथा सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँछु’ उनले भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.