|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर  थप ४४ सय ९९  जनामा कोरोना पुष्टि भएको छ। यससँगे नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ। त्यस्तै हाल सक्रिय संक्रमितको संख्या  ४६ हजार ६९१ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक जानकारीअनुसार आज देशभर २६ सय ६८ सय संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख पाँच हजार ४८८ छ।

पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८२९ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र १६ हजार ८ सय ६३ पिसिआर परीक्षण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.