|

बारा : बाराको उत्तर क्षेत्रको एक मात्र कोतघरमा फूलपाती सहितको डोली भित्र्याइएको छ। जितपुरसिमरा-१६ कतर्वामा रहेको नवदुर्गा मन्दिरमा वर्षौदेखि कोतघर सञ्चालन गरिँदै आएको छ।

गाउँभरिबाट संकलन गरेर घटस्थापना गरिएको कोतघरमा विधिपूर्वक पूजाअर्चना गरी एक किलोमिटर टाढा जंगल छेउबाट फूलपाती लिन स्थानीय भजन गाउँदै पुगेका थिए। फूलपातीलाई स्वागत गर्न गाउँका बुढापाका भजन गाउँदै नाच्दै पुगेका थिए।

यहाँका स्थानीयले बर्सेनि बडादशैंको सातौं दिन एक जोडी उपाक्षबाट फूलपातीसहितको डोली मन्दिर पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको पण्डित नवराज नेपाल बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.