|

काठमाडौं : चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई १ सय १५ रनको लक्ष्य दिएको छ। युएईमा जारी १३ औँ संस्करणको आइपिएलअन्तर्गत शारजाहमा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो।

उसका लागि युवा अलराउन्डर साम करनले मात्र राम्रो ब्याटिङ गरे। उनले ४७ बलमा ४ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए।

त्यस्तै, कप्तान महेन्द्रसिंह धोनीले १६, शार्दुल ठाकुरले ११ र इमरान ताहिरले नटआउट १३ रन बनाए। बाँकी ६ ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। मुम्बईविरुद्ध चेन्नईका तीन खेलाडी शून्यमै आउट भए।

बलिङ ट्रेन्ट बोल्टले ४, जसप्रीत बुमराह, राहुल चाहरले २/२ र नाथनकुल्टर नाइलले एक/एक विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.