|

दाङ : कोरोना संक्रमित भएका र कोरोना संक्रमण नभए पनि त्यसको प्रभावका कारण समस्यामा परेका बालबालिकालाई नेपाल रेडक्रसले आर्थिक सहयोग गरेको छ।

युनिसेफको साझदोरीमा रेडक्रसले तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिकाका विपन्न समुदायका २४ जना बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको हो। 

कोरोना संक्रमण भइ आइसोलेसन, क्वारेन्टाइनमा बसेका वा कोरोना भाइरस संक्रमणले पारेको प्रभाबका कारण आर्थिक रुपमा संकटमा परेका समुदायका बालबालिकाहरुलाई प्रतिबालबालिका पाँच हजार रुपैयाँ नगद वितरण गरिएको रेडक्रसका जिल्ला सभापति नारायण आचार्यले जानकारी दिए। वडा कार्यालयको सिफारिसमा ती बालबालिकालाई आर्थिक सहयोग गरिएको उनले बताए।

दैनिकी चलाउन समस्यामा परेका नागरिकहरुको पहिचान गरी  बालबालिकालाई आर्थिक सहयोग गरेकोमा राजपुर गाँउपालिका–२ का सदस्य अर्जुन जिसीले खुशी ब्यक्त गरे। उनले कोरोनाका कारण समस्यामा परेका परिवारका बालबालिकालाई यो रकमले धेरै राहत हुने समेत बताए।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कोरोनाका कारण जनजिवन निकै प्रभाबित भन्दै सरकारले स्पष्ट नीति लागु गर्न नसक्दा नागरिकहरु अन्यौलमा परेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.