काठमाडाैं : गीतकार हरि उप्रेतीद्वारा रचना गरिएको 'वल्ली होइन पल्ली ' गीतको भिडियो सार्वजनिक भएको छ। गायिका एलिना चौहान र गायक लोक पौडेलको गीतमा स्वर रहेको छ। माया प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ।
मायामा रहेका युगल जोडीबीचको प्रेम वार्तालापलाई गीतमा व्यक्त गरिएको छ। संजय हमालको एरेन्ज गीतमा छ।
ज्ञानु राईको छायांकन, वीरबहादुर थारुको सम्पादन तथा उसा मलाहाको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा एलिना चौहान र जिवेश गुरुङको अभिनय छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।