काठमाडाैं : फिल फोडेनले दोस्रो हाफको छैटाैं मिनेटमा गरेको गोलले जारी इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी वेस्ट ह्यामसँगको खेलमा हारबाट जोगिएको छ।
शनिबार साँझ भएको खेलको पहिलो हाफको १८ मिनेटमै गोल गर्दै वेस्ट ह्यामले अग्रता बनाएको थियो। मिचेल एन्टेनियोले गोल गरेका थिए। खेलको पहिलो हाफमा केही राम्रा मुभ बनाए पनि सिटीले खाता खोल्न सकेन।
तर दोस्रो हाफमा भने लयमा फर्किएको सिटीले गोल गर्न धेरै समय कुर्नुपरेन। लन्डन स्टेडियममा भएको खेलबाट वेस्ट ह्याम २ अंक जोड्न सफल भएको छ। अहिलेसम्म जित निकाल्न नसकेको ऊ तालिकाको १७ औं स्थानमा छ।
यता सिटी भने बराबरीबाट ११ स्थानमा रहेको छ। जारी लिगमा पाँच खेल खेलेको सिटीले पछिल्ला पाँच खेलमा दुई बराबरी, एक हार र दुई जित निकालेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।