|

काठमाडौं : ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा  निधन भएको छ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो छोरा हुन्।

राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने सुल्तानको कार्यालयले जनाएको छ। 

राजकुमार अजिमको मृत्युको कारणबारे दरबारबाट कुनै सूचना सार्वजनिक भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.