|

काठमाडौं : अफगानिस्तानको एक निजी शैक्षिक संस्थामा भएको आत्मघाती आक्रमणमा १८ जनाको ज्यान गएको छ। ​

शिया मुस्लिमको बाहुल्यता रहेको उक्त क्षेत्रमा भएको आत्मघाती आक्रमणमा १८ जनाको ज्यान गएको अफगान अधिकारीहरुले जनाएका छन्। त्यहाँ दर्जनौं घाइते भएको र मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। 

अफगानिस्तानका गृह प्रवक्ता तारिक एरियनले आक्रमणकारी उक्त भवनमा प्रवेश गर्ने प्रयास गरेको र सुरक्षाकर्मीले चिनेपछि ढोकैमा बिस्फोट गराएको बताएका छन्।

मृत्यु हुनेमा भवनभित्र प्रवेश गर्न पर्खिरहेका विद्यार्थी रहेको एरियन जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.