|

कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ बाट एक लाख ८१ हजार ४०० रुपैयाँसहित पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको टोलीले शनिबार साँझ प्रहरीले स्थानीय विपिन चन्दको घरमा जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–१ का सुमन भण्डारी, दमन चन्द, वडा नम्बर ५ का यज्ञराज पाण्डेय, शुक्लाफाँटा नगरपालिका–४ का जयबहादुर धानुक र वडा नम्बर ७ का नरबहादुर कुवँर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडि बढाइने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.