|

कञ्चनपुर : बेलडाँडी गाउँपालिकानजिक नेपाल-भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले शनिबार साँझ लागुऔषध र सुनसहित पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले चार जनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उप महानगरपालिका २ का अन्दाजी वर्ष १६ का हिमाल शाह, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का अन्ताजी बर्ष २८ का मनीष सुनारलाई पक्राउ गरेको हो।

पक्राउ परेमध्ये शाहबाट सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगर ३ दशमलव ५ ग्राम र अर्का पक्राउ परेका सुनारबाट १ दशमलव ५ आना अवैध सुन बरामद गरेको छ।

 यसैगरी, भीमदत्त नगरपालिका ३ भाँसी बस्ने अन्ताजी बर्ष ३५ का जनकराज जोशी र सोही नगरपालिका वडा नं १५ बस्ने अन्दाजी वर्ष ३६ का नगेन्द्र चन्दलाई मोटरसाईलको सिटभित्र लागुऔषध लुकाई छिपाई राखेको अबस्थामा पक्राउ गरेको हो।

 पक्राउ गरेकाहरुबाट लागु औषध कोरेक्स ६०० मिलिटरका छ बोतल, नाईट्रोभ्याट २४ ट्याबलेट, प्रोभोलिन स्पास १५ पिस बरामद गरेको छ।

बरामद लागु औषध, सुन, मोटरसाईल र पक्राउ परेका चारै जनालाई आवश्यक कानुन कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको छ।

  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.