मेस्सीलाई उछिन्दै रामोसले जितै सबैभन्दा बढी क्याप

|

इलाम : युरोपेली फुटबलमा एल क्लासिको अर्थात् बार्सिलोना र रियल मड्रिडबीचको प्रतिस्र्धालाई फुटबल प्रेमी मात्र नभई सारा विश्व जगतले नियाल्ने गर्छ।शनिबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सन् २०२० को दोश्रो एल क्लासिको भिडन्त भयो। 

यो खेल बार्सिलोनाको लागि अर्को अर्थमा पनि विशेष रह्यो। घरेलु मैदानमा क्याटलान क्लबका लागि एल क्लासिकोमा ४०० औं गोलको अवसर बन्यो। पहिलो पटक १३ मे १९०२ मा उडो स्टेनवर्गले पहिलो एल क्लासिको गोल गरेका थिए। त्यसपछि दुई टोलीहरुले १ सय १८ वर्षका बीचमा सबै खाले गरी २ सय ७७ पटक खेले। 

जसमा बार्सिलोनाले १ सय १५ र रियलले १ सय खेलमा जित निकाल्यो। ६२ खेल बराबरीमै सकिए। गत डिसेम्बरमा नै बार्सा ४ सय गोलको नजिक थियो । तर त्यसपछिका भेटमा रियलविरुद्ध उसले गोल गर्न नसकेपछि ४ सय गोलको प्रतीक्षा लम्बिएको हो। 

गएराति सम्पन्न खेलमा बार्सिलोनाको लक्ष्य स्पेनी नवप्रतिभाशाली स्ट्राइकर अन्सा फाटीले पूरा गरे। खेल बार्सिलोनाले १–३ ले हारे पनि बार्सिलोना यो इतिहास रच्न सफल भयो।  

सिजरले १ सय औ, सुस्टरले २ सय औ र लुइस इन्रीकेले सन २००० मा ३ सयको गोलको आंकडालाई छोएका थिए। बार्साले २–० ले जितेको खेल लुइस फिगोका लागि रियल मड्रिडको खेलाडीको रुपमा पहिलो क्याम्प नाउ भ्रमण थियो । त्यसअघि फिगोले ५ वर्ष बार्सामा खेलाडीको रुपमा बिताएका थिए । सन् २००० यताको २० वर्षमा बार्साले १ सय ८० खेलमा ९९ एल क्लासिको गोल गर्न सफल भयो।

एल क्लासिकोमा सबैभन्दा बढी क्याप जित्नेमा रियलमा कप्तान सर्जियो रामोस छन् । रामोसले ४४ क्याप जित्दै गर्दा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको नाममा ४३ क्याप छ। गोलकर्ताको सूचीमा २६ गोलका साथ मेस्सी शीर्ष स्थानमा छन्। 

घरेलु मैदान तर समर्थकबिनाको खेलमा बार्साले ४ सय गोलको आंकडा छोयो। हार बाबजुद सबैको यो कौतुहलता पनि मेटियो। क्याम्प नोउका ला लिगाका पछिल्ला ४ भ्रमणमा रियलले कुनै खेल जितेको थिएन। 

रियलले बार्सिलोनालाई उसकै मैदानमा सन् २०१६ को एल क्लासिकोमा हराएको थियो। क्याम्प नोउमा २०१५–१६ को सिजनमा २–१ ले एल क्लासिको गुमाएको रियलले २०१८–१९ को सुरुवाती एल क्लासिकोमा ५–१ को हार बेहोरेको थियो।

त्यसयता रियलले २०१९–२० को सिजनको पहिलो एल क्लासिकोमा बार्साको मैदानमा गोलरहित बराबरी खेलेको थियो भने आफ्नो मैदानमा २–० को जित निकोलेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.