|

झापा : झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा २०७७ कात्तिक ९ गते   निधन भएको छ। 

विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उनको निधन भएको हो। उनलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो।

प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो। पछि बहुदल आएपछि उनलाई सिरहा जेलबाट रिहा गरिएको थियो। 

उनी २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए। कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय रहेका थिए।

अविवाहित डिल्लिकुमार मैनाली, पंचायतको भण्डाफोर गर्दै तत्कालीन नेकपा (माले( पार्टी द्वारा अघि सारिएको पंचायत को आउट्पोष्ट कब्जा गर्ने जनपक्षीय राजनैतिक कार्यकर्ताको रुपमा २०४२ साल राष्ट्रिय पंचायत चुनावमा झापा जिल्लामा अगुवाको भूमिका निर्वाह गर्दै २०४३ सालमा गरामनी गाउँ पंचायतमा प्रधानपंचमा निर्वाचित हुनुभै जनताको प्रिय नेता बनेका थिए। सक्रियता र जनपक्षीय भूमिकाका कारण झापा जिल्लामा स्थापित निक्कै चर्चित नेता मैनाली नेकपा एमालेका जिल्ला नेताका नेता समेत रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.