|

महोत्तरी : स्वास्थ्य मन्त्रालयले कोरोना महामारीमा मठमन्दिर तथा शक्तिपीठमा हुने भीडभाड नगरी जो जहाँ छन्, त्यहीँ मनाउन निर्देशनसमेत दिएको छ। तर, त्यही निर्देशनको अवज्ञा गर्दै महोत्तरीको अधिकांश मठमन्दिर  तथा शक्तिपीठहरुमा भिडभाडको साथै मेलामा आरकेस्ट्रा प्रोग्राम  आयोजनसमेत भएको पाइएको छ।

महोत्तरीको भंगहामा एक कोरोना संक्रमितको मृत्युसमेत भइसक्यो। कैयौं संक्रमित छन्। भंगहा नगरपालिकाका मेयर संजीव साहसमेत कोरोना संक्रमित भएका थिए तर त्यही कोरोनाको बेवास्ता गर्दै त्यहीँ जनप्रतिनिधिकै संरक्षणमा खुलेआम आरकेस्ट्रा प्रोग्राम भएको छ।

भंगहाको सीतापुरमा शुक्रबार रातिदेखि  सुरु भएको आरकेस्ट्रा प्रोग्राम निरन्तर शनिबार रातिसमेत भएको स्थानीय बताउँछन्। प्रोग्राम हेर्न पुगेका दर्शकहरुमध्ये अधिकांशले मास्कसमेत लगाएका थिएनन्।

अचम्म त के भने सशस्त्र प्रहरी बल व्यास क्याम्पको अगाडिमा नै आरकेस्ट्रा प्रोग्राम भएको छ। त्यहीँ नजिक प्रहरी चौकीसमेत छ। तर, डान्स प्रोग्राम भइरहँदा सबै बेखबर छ।

जिल्लामा दशैँ भरि निषेधाज्ञा जारी भएको बेलामा पनि जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम हुँदा पनि प्रशासन मौन बसेपछि आश्चर्य लागेको स्थानीय बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.