|

काठमाडौं : यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन। काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको भन्दिर कोरोना संक्रमण जोखिमकै कारण सर्वसाधारणका लागि खुल्ला नगरिएको हो।

यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने परम्परा छ। बडा दशैंको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरुको भिड लाग्ने गर्छ। यस अघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले राति देखि नै लाइन बसी दर्शन गर्दै आएका थिए।

तर कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुल्ला नगरिएको हो। नेपाल सरकारले पनि औपचारिक सूचना जारी गरी कुनै पनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोग लगाएको छ।

तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरुले भने बन्द मन्दिरको मुल ढकोकामा पूजा गरिरहेको भेटियो। परम्परा र आस्थालाई संक्रमणको जोखिमले रोक्न सकेन। मनोकांक्षा, भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजागर्ने चलन छ। नेपालभरि भएका देवी शक्ति मन्दिरहरुमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.