|

महोत्तरी : महोत्तरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रामगोपालपुर नगरपालिकास्थित रामगोपालपुर र गोठबनौलीको बीचमा विपरीत दिशाबाट आउँदै गरेको दुई मोटरसाइकल एक आपसमा  ठोकिँदा एक जनाको मृत्यु भएको छ।

रामगोपालपुरदेखि गोटवनौलीतिर जाँदै गरेको ज१०प ३३९१ नम्बरको मोटरसाइकल र गोटवनौलीदेखि रामगोपालपुरतिर आउँदै गरेको ज९प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा ज१०प ३३९१ नम्बरको मोटरसाइकलमा सवार रामगोपालपुर ५ कञ्‍चनपुर बस्ने २० वर्षीय लालबाबु मण्डल गम्भीर घाइते भएका थिए।

घाइते मण्डलको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जानकारी दिए। मृतकको शव पोष्टम्यार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ र घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.