|

काठमाडाैं : पछिल्लो एक महिनायता कोरोना संक्रमण दरमा निकै कमी आएको भारतमा संक्रमणमुक्त हुने दर पनि निकै बढेको छ। 

विश्वमै संक्रमित संख्याका आधारमा दोस्रो नम्बरमा रहेको भारतमा ७९ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तर पछिल्ला दिन भने भारतमा संक्रमितको संख्या ओरालो लाग्दै गएको छ। भारतमा हाल ६ लाख ५६ हजार सक्रिय संक्रमित छन्। ७१ लाख ३४ हजार मानिस उपचारपछि निको भएका छन्। जुन ९० प्रतिशत हो।

अर्थात् हरेक १०० मध्ये ९० जना मानिस भारतमा कोरोना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने देशमा ब्राजिल भारतपछि दोस्रो स्थानमा छ। ब्राजिलमा ८९ प्रतिशत र रुसमा ७४ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्। 

भारतमा हरेक दिन १२ हजारका दरले सक्रिय संक्रमित घटिरहेका छन्। पछिल्लो एक हप्तामै यहाँ १ लाख १८ हजार मानिस कोरोना जित्न सफल भएका थिए। भारतमा कोरोना संक्रमणका कारण हालसम्म १ लाख १९ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने करिब ९ हजार मानिस गम्भीर अवस्थामा छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.