|

काठमाडाैं : चिलीमा अब नयाँ संविधान बन्ने भएको छ। आइतबार नयाँ संविधानको विषयमा भएको जनमतसंग्रहमा बहुमत पाएपछि गत अक्टोबरदेखि उठेको नयाँ संविधानको माग पूरा हुने भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

यातायात भाडा बढेको विरोधमा आन्दोलन सुरु भएको आन्दोलनले ठूलो रुप लिएपछि संविधान नै फेर्ने स्थितिमा चिली पुगेको छ। आन्दोलनले ठूलो रुप लिँदै गएपछि यो विषय संविधानको मागमा गएर टुंगिएको थियो। यो आन्दोलन पछिल्लो ९ वर्षमा भएको ठूला आन्दोलनको कडी मानिएको छ।  

यो आन्दोलन नि:शुल्क शिक्षा र सरकारी कोषबाट निवृत्तिभरणको भुक्तानीको मागको समर्थनमा भएका थिए। यसले चिलीमा भएका पछिल्ला तीन जनआन्दोलनले देशमा चार दशकयता बनाएको नवउदारवादी नीतिहरूलाई चुनौतीसमेत दिएको छ। यो आन्दोलन ४० वर्षअघि देखि लागू भएको संविधान परिवर्तन गर्ने मागको केन्द्रीय मुद्दासमेत बनेको छ। 

यस वर्षको सुरुमा देशको दक्षिणपन्थी सरकारले नयाँ संविधान बनाउने कि नबनाउने भन्ने विषयमा जनमत संग्रह गर्ने मागलाई स्वीकार गरेको थियो। तर कोरोना महामारीका कारण ढिला भएको थियो। जनमतसंग्रह दुई मुद्दामा गरिएको थियो। पहिलो- देशमा नयाँ संविधान चाहिएको हो? दोस्रो- नयाँ संविधान बनाउन पूर्ण वा मिश्रित संविधानसभा गठन गर्ने हो।

तर चिलीका वामपन्थी संगठनहरू सम्पूर्ण रुपमा संविधानसभा गठन गर्न चाहन्थे। 

यस योजना अन्तर्गत नयाँ संविधानसभाका सबै १ सय ५५ सदस्यहरू आगामी स्थानीय चुनावमा नागरिक समाजबाट निर्वाचित हुनेछन्। तर धनी र नवउदारवादीहरुले  वर्ग १ सय ७२ सदस्यीय मिश्रित संविधानसभा चाहेका थिए जसमा आधा सदस्य सांसद हुन्थे। यसले वर्तमान शासक वर्गलाई एउटा निर्णायक ठाउँ दिन्थ्यो।

तर जनमत संग्रहको नतिजा वामपन्थी शक्तिहरूको मागअनुरुप आयो। गत वर्ष यो वर्षको मार्चसम्म सुरु भएको जोडदार जनआन्दोलनबाट सम्पूर्ण देश व्याकुल अवस्थामा थियो। केही ठाउँमा हिंसात्मक घटना भएका थिए। जसमा ३४ जनाकाे ज्यान गएको थयो भने ४ सयभन्दा बढी मानिस पूर्ण रुपमा घाइते भएका थिए। 

त्यसपछि राष्ट्रपति सिवेस्टियन पाइनराको सरकारले नयाँ संविधानका लागि जनमतसंग्रह गर्नेमा सहमति जनाएको थियो। जनमतसंग्रहमा ७० प्रतिशतभन्दा बढी जनताले समग्रमा नयाँ संविधानसभाको पक्षमा मतदान गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.