काठमाडौं : राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी हुन थालेको भन्दै यसलाई मर्यादित र शिष्ट बनाउन आग्रह गरेको छ। राष्ट्रपति कार्यालयले हरेक विषयलाई राजनीतिक आँखाबाट नहेर्न पनि सबैमा अनुरोध गरेको छ।
पछिल्लो समय भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीको भेटसँगै सरकारको चर्को आलोचना भइरहेको र यसले सरकारप्रति नागरिकको आक्रोश बढेपछि राष्ट्रपति कार्यालयको यस्तो प्रतिक्रिया आएको हो।
यस्तो कार्यालयको अनुरोध
कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ। सामाजिक संजाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ । हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं।
कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ । सामाजिक संजाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ । हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं ।
— Office of the President of Nepal (@ShitalNiwas) October 26, 2020
तपाईंको ईमेल गोप्य राखिनेछ ।