|

काठमाडौं : बेल्जियममा कोरोना भाइरस संक्रमित चिकित्सकलाई काम गर्न अनुरोध गरिएको छ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न  अनुरोध गरिएकाे हो।

बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले अस्पतालको प्रणालीलाई जोगाइ राख्न सङ्क्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताएको बीबीसीले उल्लेख गरेको छ।  बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।  उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोरोनाका कारण बिरामी भएका छन्।

अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका छन्।

अस्पतालहरूले बिरामीलाई अन्यत्र सारिरहेका छन् र अतिआवश्यकीय बाहेकका शल्यक्रियाहरू रोकेका छन्। स्वास्थ्य मन्त्री फ्याङक भ्यान्डेनब्रुकाले यसअघि नै देशमा ‘सङक्रमणको बाढी देखिन लागेको,’ भन्दै सचेत गराएका थिए।

युरोपमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.