कांग्रेसको यसअघि नै स्थगित
कांग्रेसको यसअघि नै स्थगित
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बर्षेनी चाडपर्वका अवसरको अवसर पारेर गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिरहेको कारणले नेकपाले यसवर्ष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमम नगर्ने जनाएको छ।
नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको कारणले चियापान कार्यक्रम स्थगित भएको जनाएका छन्।
‘हाम्रो पार्टीले नेपालीहरूका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
नेकपाले यसअघिका वर्षका दशैँ तिहार, छठको पर्वमा अवसरमा चियापानको आयोजना गर्दै आएको थियो। यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि कोरोनाको कारणले प्रत्येक बर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने जनाइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।