|

नयाँदिल्ली : जम्मु-काश्मीर अब भारतका जोसुकै व्यक्तिले पनि जमिन किन्‍न सक्ने भएका छन्। भारतीय गृह मन्त्रालयले मंगलवार यस प्रावधानलाई मन्जुरी दिने क्रममा नयाँ नोटिफिकेशन जारी गरेको छ। 

जम्मु-काश्मिरमा अहिलेसम्म अन्य राज्यका मानिसले जमिन किन्‍न पाउँदैन थिए। नयाँ नोटिफिकेशन जारी भए पनि तत्काललाई खेतीयोग्य जमिन भने अन्य राज्यका नागरिकलाई किन्‍न अनुमति दिइएको छैन।

जम्मु-काश्मिरका उप-राज्यपाल मनोज सिन्हाका अनुसार राज्यमा ठूला ठूला उद्योग खोल्नका लागि औद्योगिक क्षेत्रमा लगानीका लागि यस्तो कदम चालिएको हो। तर खेतीको जमिन भने केबल त्यही राज्यका नागरिकले मात्रै किनबेच गर्न पाउनेछन्। 

यसअघि जम्मु-काश्मिरमा केबल त्यहाँका बासिन्दाले मात्रै जमिनको किनबेच गर्न सक्थे। तर अब अन्य राज्यबाट गएका नागरिकले पनि जमिन किने काम सुरु गर्न सक्नेछन्। 

केन्द्रीय गृह मन्त्रालयले यो निर्णय जम्मु-काश्मीर पुनर्गठन अधिनियम अनुसार ल्याएको हो। जस अनुसार अब जोसुकै भारतीय नागरिकले जम्मु-काश्मिरमा उद्योग, घर, होटल या दोकानका लागि जमिन किन्‍न सक्नेछन्। यसका लागि स्थानीयवासी भएको प्रमाणित गर्न अब कुनै पनि किसिमको प्रमाण पेश गर्नुपर्ने छैन।

जम्मु-काश्मिरलाई गत वर्ष अनुच्छेद ३७० बाट मुक्त गरिएको थियो। त्यसपछि ३१ अक्टोबर २०१९ मा जम्मु-काश्मीर केन्द्र शासित प्रदेश बनेको थियो। अब केन्द्र शासित प्रदेश भएको एक वर्ष पूरा भएपछि देशका अन्य राज्यका नागरिकले जमिन खरिद गर्न सक्ने गरी कानुन ल्याइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.