एउटै मूर्तिलाई पर्छ तीन लाख

|

अर्जुन काफ्ले-

पथरी : अघिल्लो वर्षको चैतसम्म मोरङको मिक्लाजुङसाम्लिङका गायत्री कुलुङ कृषि मजदुर थिए। गाउँघरमा हुने मेला पातमा सक्रिय रहने उनको रुचि मूर्तिकलातर्फ पनि थियो।

बजार चोकमा बनाइएका मूर्तिशालिक कसरी नेका छन् भन्ने हेरेरै मूर्ति बनाउन थालेका उनलाई सरकारले कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै ‘लकडाउन’ गरेपछि मूर्ति नाउन थप मार्ग प्रशस्त न्यो।  सरकारले गरेको लकडाउनले उनको अहिलेको जीवनशैली नै परिर्वतन भएको छ। 

८ महिनाका बीचमा सिकेको सीपले अहिले कुलुङलाई व्यावसायिक मूर्तिकारका रुपमा परिचय दिएको छ। 

लकडाउनले  अधिकांशलाई तनाव बनाए पनि कुलुङलाई भने यो समय अवसर बनेर आयो। २४ र्षे कुलुङले लकडाउनकै समयमा माटो र ढुंगालाई विभिन्न आकृति दिँदै मूर्ति बनाउन थालेका छन्।

उनले नाएका मूर्ति बिक्री हुन थालेसँगै उनको व्यवसाय पनि राम्रोसँग चल्न थालेको छ। सानै उमेरदेखि नै मूर्तिमा सौखिन कुलुङलाई मूर्ति बनाउन चाहिँ लकडाउनले नै सिकायो। उनले भने ‘फुर्सदको समय मिल्यो खोलामा पुगेर ढुंगा ल्याएर मूर्ति बनाउन थालेँ’ उनी भन्छन्, ‘मूर्ति बनाउने रहर सानै उमेरदेखि भए पनि यो लकडाउनबाटै मूर्ति नाउन थालेँ।’

गाउँघरबाट नजिकैको पहाडी भागमा कमेरो माटो लिन जाँदा उनले त्यही कमेरो माटोलाई विभिन्न भगवानका आकृतिका मूर्ति नाएर छोड्ने गरेका थिए। कुलुङले नाएका कति मूर्तिगाउँलेले भगवान भेटिएको भन्दै घर लाने गरेको कुलुङले बताए। 

माटोमा नाइने मूर्तिभन्दा ढुंगामा आकृति कुँदन थप मिहिनेत गर्नुपर्ने उनी ताउँछन्। बजार र चोकमा भेटिएका शालिकलाई कसरी नाइएको छ त्यो हेरेर नै ढुङ्गालाईे आकृति दिन थालेको ताउँछन् उनी। 

 ढुंगा, सिमेन्ट, माटोबाट मूर्ति बनाउँदै आएका उनलाई थप तालिम लिने इच्छा छ। ढुंगाको जोहो गर्न नजिकै रहेको तेली खोलामा पुग्ने गर्छन्। ढुंगा नजिकै भएकाले उनलाई अरू समस्या भने छैन।

औपचारिक तालिम  बिना नै मूर्तिकला सिकेका  उनले हालसम्म २ सयभन्दा बढी मूर्ति  बनाइसकेका छन्। उनले भने, ‘बाहिर  काममा जानु नपरेपछि मूर्ति निर्माण गर्न समय पाएको र लकडाउन एउटा अवसर बनेर आयो।’

एउटै मूर्तिलाई पर्छ तीन लाख

कुलुङले जुनसुकै क्षेत्रमा आवश्यक पर्ने आकृति ढुंगामा कुँदेका छन्। एक मूर्ति बनाउन कम्तीमा पनि ३ महिना लाग्ने र एउटा ढुंगाको मूर्ति ३ लाख सम्ममा बिक्री हुने उनी बताउँछन्। 

गाँउघरमा पाइने हाते औजार र केही आधुनिक औजार प्रयोग गरेर उनी मूर्ति निर्माण गर्दै आइरहेका छन्। उनले निर्माण गरेको किराँती धर्मगुरु यलम्बरको मूर्ति  ठूलो साम्लिङमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.