|

कपिलवस्तु : सोमबार टीकाकै दिन कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन्।

सोमबार साँझ ८ बजे बुद्धभूमि २ गोरुसिंगेमा लु१च ३८५२ नम्बरको कार रुखमा ठोक्किँदा स्थानीय खुस्बु पाखियाको घटनास्थलमै मृत्यु भएको हो। कारमा सवार उनका पति इजहार गम्भीर घाइते भई बुटवलमा उपचारारार्थ लगिएको छ। 

वाणगंगा नगरपालिकाको दरखास्तमा सोमबारै लु४३प ७०८६ नम्बरको मोटरसाइकल र लु४४प २०३३ को स्कुटर ठोक्किँदा स्कुटर चालक कृष्ण थापाको पनि मृत्यु भएको छ।

घटनामा वाणगंगा–८ बोडगाउका थापाका ५ वर्षको छोरा रिदम र मोटरसाइकल चालक शिवराज–१० बस्ने शिवदत्त मिश्र घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.