|

काठमाडौं :  बडा दशैँको टीकाको तेस्रो दिन। आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ।

टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ।​ घटस्थापनाका दिन दसैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम जारी छ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक  सम्बन्ध हुने विश्वास छ।  नेपालको पश्चिमी भेगमा भने विजया दशमीका दिनमात्र टीका लगाउने चलन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.