बागलुङ : अदालतले सजाय सुनाएका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका इकाईले पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा बागलुङको अमलाचौरका ३६ वर्षीय गणेश आचार्य र गलकोट नगरपालिका काँडेबासका ३९ वर्षिय राजु परियार रहेका छन्। कुटपीट मुद्दामा जिल्ला अदालत बागलुङले २०७१ बैशाख २३ गते आचार्यलाई आठ महिना कैद र ४ हजार सजाय सुनाएको थियो।
यस्तै, केही सार्वजनिक अपराधमा अदालतले २०७३ साल माघ १० गते राजु परियारलाई ६ हजार जरिवानाको फैसला सुनाएको थियो। पक्राउ परेकाहरुलाई अदालत खुलेसँगै पेश गरिने प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए।
अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको प्रहरीले हालसम्म १ सय ७ जनालाई पक्राउ गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।