|
फाइल फोटो

कञ्चनपुर : महेन्द्रनगरस्थित बस पार्कबाट प्रहरीले हिजो साँझ अवैध रुपमा भित्रिएका छ कट्टा विस्‍फोटक पदार्थ (पटाका) बरामद गरेको छ। चार कट्टा दार्चुला जानका लागि छुट्नै लागेको सुप्रप ०२ ००१ ख ९४३ नम्बरको बसमा लोड गरिएको अवस्थमा र दुई बोरी पटाका महेन्द्रनगर बजारको गल्ली नं ५ को चौलानी पुस्तक पसलबाट बरामद गरेको हो।

बरामद पटाका पुस्तक पसल सञ्चालक दिनेश खडायतको भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।

उनका अनुसा बरामद पटाकाको मूल्य रु एक लाख ५० हजार रहेको छ। पटाका बरामद भएका पुस्तक पसल सञ्चालक खडायत फरार भएका छन्। फरार खडायतको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। तिहारमा आतिसवाजी गर्नका लागि बिक्री गर्न पटाका ल्याएको हुन सक्ने बताईएको छ। प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.