|

कञ्चनपुर : भारतको देहरादुनमा कुटिएका भनिएका दुई जना विद्यार्थी पश्चिमी सीमा नाका गड्डाचौकी हुदै बिहीबार महेन्द्रनगर आइपुगेका छन्। 

बौद्ध लामासम्बन्धी पढाइका लागि देहरादुनको डिकिलिङ भवनपुरस्थित शाक्य एकेडेमीमा अध्ययनरत मकवानपुर मोरङ्गेका का १७ वर्षीय नवीन तामाङ र बाग्लुङको निसुखोला गाउँपालिका–५ का भूमिराज घर्तीमगर दसैं बिदा नदिएपछि भागेर आएका हुन्। 

दुवै जनालाई अहिले होल्डिङ सेन्टरमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । शुक्रवार दुवैलाई परिवारसँग सम्पर्क राखी घर पठाइने थापाले बताए। ‘भागेर आएका दुवै जनाको अवस्था सामान्य छ’, उनले भने, ‘दशैंमा घर जान चाहन्थे । जान दिएन । त्यसपछि भागेर आएको बताएका छन्। शरीरमा चोटपटक छैन । अवस्था सामान्य छ।’ 

स्कुलमा अध्ययरत ५३ जना नेपाली विद्यार्थीले दशैँमा घर जानका लागि स्कुलमा निवेदन दिए पनि बिदा नपाएपछि भागेर आएको विद्यार्थीले बताएका छन्।विद्यालय खाली हुने डरले एकेडेमीका अध्यक्ष एंव गुरु ज्ञाना बज्रा रिम्पोचेले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएकाले भागेर आएका नवीनले बताए । विद्यालयका प्रिन्सिपल थिरिङ समेइडेनलाई ५३ विद्यार्थीले घर जानका लागि निवेदन दिएका उनी बताउँछन्।

‘एकै पटक धेरै विद्यार्थीले बिदाका लागि निवेदन दिएपछि प्रिन्सिपलले सम्झाउन लागेका बेला गुरु ज्ञाना बज्रा रिम्पोचेले एकाएक कुटपिट गरेका हुन्’, उनले भने, ‘त्यतिबेला निवेदन दिएका मध्ये ४७ जना उपस्थित थिए । छ जनाले बिदाका लागि दिएको निवेदन फिर्ता लिएका थिए।

‘लठ्ठीले हिर्काउन थालेपछि सबै विद्यार्थीको भागाभाग चल्यो,’ भूमिराजले भने, ‘मैले भागेर ज्यान जोगाएँ । कति जना कुटपिटबाट घाइते भए थाहा भएन।’ उनले थपे, ‘लठ्ठी लाग्दा काभ्रेका १७ वर्षीय छ्याङ तामाङको टाउकोमा चोट लागेको देखें। त्यही देखेर भागेर आयौं।’ बुधबार राति स्कुलबाट भागेका नवीन, भूमिराज र दार्जलिङका ससन लामा बिहीबार बिहान गड्डाचौकी नाका पुगेका हुन्।

उनीहरुसँगै सोही ठाउँका अन्य स्कुलबाट भागेका दार्जिलिङका दुई जना पनि थिए । नेपाली प्रमाण पत्र भएका नवीन र भूमिराजलाई नाका प्रवेश गराइएको छ।दार्जिलिङका तीन जनालाई भारतीय प्रहरीसँग समन्वय गरेर त्यहीँको बाटो दार्जिलिङ पठाइएको छ।

एकेडेमीमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङलगायत क्षेत्रका विद्यार्थी पढदै आएका छन्। 

यो पनि पढ्नुहोस्

 


 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.